News by: helpline
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भू भागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै र अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटरको भारी वर्षा भएको छ । त्यसपछि सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर (अति भारी वर्षा) वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँसहित अन्य केही जिल्लाहरूमा भने भारी वर्षा भएको छ ।
काठमाडौंको चन्द्रागिरि वर्षामापन केन्द्रमा गरिएको मापन अनुसार ९३ दशमलव छ मिलिमिटर वर्षा भइसकेको छ । त्यस्तै सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, मिलिमिटर (भारी वर्षा) भएको छ । अन्य अधिकांश जिल्लामा भने मध्यम वर्षा भएको विभागले जनाएको छ । वर्षका कारण बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सर्तकता अपनाउन पनि विभागले सबैमा आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद्हरुको भनाई छ । मौसम बिदहरुका अनुसार मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक