News by: helpline
काठमाडौं । बि.सं २०८२ साल नेपालका लागि निकै उथलपुथलपूर्ण र ऐतिहासिक परिवर्तनको वर्ष बन्न पुगेको छ ।
२०८२ बिदा हुनै लाग्दा यसले नेपालको राजनीतिक इतिहासमा अमिट छाप छोडेको छ ।
वर्ष २०८२ मध्यतिर भएको ‘जेन–जी’ युवापुस्ताको विद्रोहपूर्ण आन्दोलनले दशकौँदेखि कायम राजनीतिक मार्गलाई नयाँ शिराबाट अघि बढाउन निर्णायक भूमिका निर्वाह गर्यो। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल वन्द गर्ने निर्णयको जगमा टेकेर भएको २०८२ भदौ २३ र २४ को घटनाले नेपालका ऐतिहासिक संरचनाहरु, प्रहरी चौकीहरु खरानी हुन पुगे ।
जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राजीनामा दिन बाध्य पारियो र पूर्व प्रधानन्यायाधीस सुशिला कार्की नेतृत्वमा सरकार बनाएर फागुन २१ गतेका लागि निर्वाचन मिति तय गरियो । निर्वाचनमा ठूला र पुराना दलहरुको हार भयो । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुइ तिहाइ मत सहित संसदमा दरिलो रुपमा उपस्थित भयो । अहिले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको छ । २०८२ का कतिपय घटना निकै त्रासदीपूर्ण पनि रहे। भदौको जेनजी विद्रोहका क्रममा ७६ जनाको निधन भयो भने सिंहदरबार र संसद् भवनसहितका संरचनामा आगो लगाइयो ।
करिब ७६ अर्ब रुपैयाँ बराबरको नोक्सानी भयो। जेनजी आन्दोलनका घटनाको जाँचबुझका लागि गठित आयोगको प्रतिवेदनका आधारमा २०८२ चैत १४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सन्दर्भले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पायो। १३ दिन हिरासतमा रहेर ओली र लेखक छुटीसक्नु भएको छ ।
२०८२ मै नेपाली कांग्रेसको बिशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्यो । त्यस अघि भएको नेकपा एमालेको महाधिवेशनले केपी शर्मा ओलीलाई नै अध्यक्षमा चयन गर्यो । यसरी महत्वपूर्ण राजनीतिक घटनाक्रमका साथ २०८२बिदा हुँदैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक