3rd June 2026, Wednesday

आयोगले प्रधानमन्त्री कार्कीलाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझायो

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार बालुवाटारमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको छ ।

 सो अवसरमा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारी, आयुक्त डा. जानकी तुलाधर, आयुक्त सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढङ्गले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिनुभयो।

उहाँले आयोगले गरेको मिहिनेतको उच्च सह्राहना गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गर्नुभयो।

अनेकौँ चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै उहाँले प्रशंसा पनि गर्नुभयो।



No ad available.


No ad available.